उनको याद
सपनीमा हैन अब
विपनीमा आऊने गर,,
किन मलाई सताई रहन्छौ
मनका कुरा भन्ने गर।
माया गर्छु भन्छौ सधैं
भेट हुंदा भन्दिनौ खै
किन होला मलाई मात्र
तिम्रो माया लागीरन्छ है।।
अब धेरै नड्पाऊ भो
देऊ मलाई तिमीले साथ
धेरै माया दिई रहने छु
माग्न आऊँला तिम्रो हात।।।
जन्ती लिई आउनेछु
तिमीलाई लिन तिम्रै घर
किन मलाई सताई रहन्छौ
मनका कुरा भन्ने गर।।।।